८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

टेस्ट च्याम्पियनशिप फाइनलका लागि यस्तो छ भारतीय टोली



एजेन्सी ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् ।

यस्तो छ भारतीय टोली–

विराट कोहली, अजिन्क्य रहाणे, रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिङ्टन सुन्दर, जसप्रित बुमराह, इशान्त शर्मा, मोहम्मद शमी, मोहम्मद सिराज, शार्दुल ठाकुर र उमेश यादव ।

केएल राहुल र ऋद्धिमान साहको भने स्वस्थ परीक्षण बाँकी रहेको बीसीसीआईले जनाएको छ । यसका साथै अभिमन्यु ईश्वरन, प्रसिध कृश्णा, आवेश खान र अर्जन नागवसवाला स्ट्यान्डबाई प्लेअरका रुपमा समावेश भएका छन् ।

भारतले न्युजिल्याण्डसँग यही १८ जुनमा साउथम्पटनमा फाइनल खेल्नेछ । इङ्ग्ल्यान्डसँगको शृङ्खला भने ४ अगस्टदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७८ शनिबार ००:००  ७ : ३२ बजे