७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रिपरिषद्‍ बैठक



काठमाडौं ।


प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। ओलीले शनिबार साँझ ५ बजे बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।

सामान्यतया मन्त्रिपरिषद् बैठक नियमित रूपमा सोमबार र बिहीबार बस्ने गर्छ। तर, विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् भने आगामी २७ गते संसदबाट विश्वासको मत लिँदै छन्।

पछिल्ला राजनीतिक घटनाक्रमसँगै विपक्षी दलहरूले पनि भेटघाटलाई तीव्र बनाउँदै लगेका छन्। शुक्रबार साँझ मात्रै पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको थियो।

प्रकाशित मिति : २५ बैशाख २०७८ शनिबार ००:००  ११ : ५४ बजे