६ असार २०८३, शनिबार | Sat Jun 20 2026

छिमेकीले बाँदरलाई हानेको गोली लागेर पाल्पामा एकजनाको मृत्यु



पाल्पा, पुस १८ । पाल्पामा बाँदरलाई हानेको गोली लागेर एकजनाको ज्यान गएको छ ।

तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।

धनबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ५ : ५९ बजे