३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सकारात्मक दिशातर्फ ओली र नेपालबीचको वार्ता



काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता तीन घन्टाभन्दा लामो समय चलेर सकिएको छ।

नेताहरुबीच वार्ता सकारात्मक भएको र राजीनामा अहिलेका लागि टरेको नेता माधव नेपालले बताए।

‘पार्टीलाई जेठ २८ को अवस्थामा पुर्‍याउनेलगायत थुप्रै विषयमा हामीबीच छलफल भएको छ,’ बैठकपछि नेता नेपालले सञ्चारकर्मीहरुलाई जानकारी दिए।

नेताद्वयबीचको छलफलले एमाले एकताको सम्भावना बढैको बुझिएको छ भने प्रधानमन्त्री केपी ओलीलाई नै कार्यकारी प्रमुखको पदमा निरन्तरता गर्नेबारे पनि दुई नेताबीच छलफल भएको छ।

क्याप्टेन रामेश्वर थापाको बुढानीलकण्ठस्थित निवासमा भएको दुई नेताबीच छलफल भएको हो।

प्रकाशित मिति : ३० बैशाख २०७८ बिहिबार ००:००  ६ : ३१ बजे