२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

ओली-नेपालबीच वार्ता हुँदै, कार्यदल सदस्यको टुंगो लगाउने



काठमाडौं ।


नेकपा एमालेभित्र देखिएको विवाद समाधान कार्यदल सदस्यको आज टुंगो लाग्ने भएको छ। कार्यदलको सदस्यको टुंगो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ताको लागि समय तय भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ।

कार्यदलबाट सहमति गरेपछि ओलीले कार्यान्वयन गर्नेमा नेता नेपाल पक्ष विश्वस्त देखिएको छैन।

प्रकाशित मिति : २ जेष्ठ २०७८ आइतबार ००:००  ११ : ४० बजे