२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

किपरले हेड गोल गरेपछि लिभरपुलको जित



एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक एक गोल गरे ।

वेस्ट ब्रुमका हाल रोबिन्सन कानुले एक गोल फर्काए ।खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो ।खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।तर, खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २(१ को जित दिलाए ।ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए ।यस जितसँगै लिभरपुलले ३६ खेलमा ६३ अंक जोडेको छ । लिभरपुल पाँचौ स्थानमा रहेको छ ।यस जितले लिभरपुलको शीर्ष चारको सम्भावना जीवित रहेको छ ।वेस्ट ब्रुम २६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  ६ : २२ बजे