३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

नेपालमा पनि सुरु भयो शक्तिशाली चक्रवातको प्रभाव



काठमाडौं ।
भारतमा विनास गर्न थालेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि आज (सोमबार) बिहानै सुरु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अबर सागरमा विकसित शक्तिशाली चक्रवातको असर नेपालमा सोचेभन्दा अलि चाँडै बिहानै सुरु भएको हो ।

‘अहिले आंशिक प्रभाव परिसकेको छ, खासगरी पश्चिमी भूभागमा, साथै काठमाडौं उपत्यकामा पनि,’ सोमबार बिहान मौसमविद् अर्यालले भन्नुभयो,‘आज दिउँसो, साँझतिर यसको असर सुरु होला भन्ने अनुमान गरेका थियौं, बिहानै सुरु भयो ।’

उनका अनुसार चक्रवातको असरका कारण देशको पश्चिमी आकाशमा माथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ । यसको निरन्तर अपडेट गरिरहनुपर्ने उहाँले बताउनुभयो ।

यस विषयमा मौसम पूर्वानुमान महाशाखाले आइतबारै साँझ विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८ सोमबार ००:००  ७ : ४३ बजे