२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

बाटोमा भेट्टाएको ३९ हजार रुपैयाँ प्रहरी जवानले कार्यालयमा बुझाइन्



रुपन्देही, पुस २० । रुपन्देहीमा एक प्रहरी जवानले बाटोमा भेट्टाएको ३९ हजार नगद कार्यालयमा बुझाएका छन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यरत प्रहरी जवान सुष्मा कुँवरले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना–५ बुद्धनगरको मुख्यरोडमा पर्ससहित फेला पारेको ३९ हजार ६० रुपैयाँ नगद कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिपेश बश्यालले जानकारी दिनुभयो ।

पर्समा औधेस चौधरी नाम लेखिएको औषधि सहितको रसिद, फोटो र विदेशी कागजात पनि छ । पैसा लिन प्रमाणसहित कसैको दाबी अहिलेसम्म नपरेको र प्रमाणसहित लिन आउनेलाई पैसा फिर्ता गरिने प्रहरी निरीक्षक बश्यालले बताउनुभयो ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  ८ : ३४ बजे