२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

हाम्रो हस्ताक्षर देउवाको पक्षमा छः नेपालपक्षीय सांसद खापुङ



काठमाडौँ।
नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षीय सांसद भवानीप्रसाद खापुङले वैकल्पिक सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबेदारीमा हस्ताक्षर गरेको स्पष्ट पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबेदारीमा हस्ताक्षर नभएको र भए पनि पुरानो हस्ताक्षर प्रयोग गरेको हुन सक्ने बताए।

‘मेरो र म लगायत माननीयज्यूहरूको हस्ताक्षर नेता नेपालको समर्थन रहेको देउवाले प्रस्तुत गरेको दाबेदारीमा छ’, उनले भने। तर, ओलीले पार्टीका १२१ सांसदकै हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् र वैकल्पिक सरकार गठनका लागि दाबेदारी प्रस्तुत गरेका छन्।

यद्यपि आज मध्यान्ह सम्पादकहरूसँग भेटघाट गर्दै विश्वासको मत नभएरै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको ओलीले बताएका थिए।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ४८ बजे