बुटवल, २१ पुस ।
रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो।
अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। कसले र किन गोली हान्यो भन्ने खुल्न नआएको र अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ।
कालो होन्डा मोटरसाइकलमा आएका अज्ञात समूहले करिब ११ बजे गोली प्रहार गरेका थिए। बुटवलमा केही समयअघि अज्ञात समूहकै गोली प्रहारबाट युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो।
२१ पुस २०७४ शुक्रबार ००:००
0
Shares






प्रतिक्रिया