७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

स्थानीय तहको मतगणना सकिँदा कांग्रेस उम्मेदवार ५ सय मतभारले अगाडि



काठमाडौं ।

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ।

खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेले ११८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का ९३ मत पाएका छन्।

यो मत परिणामलाई मतभारमा परिणत गर्दा पाण्डेको २१२४ र खड्काको १६७४ हुन्छ। अब प्रदेश सभा सदस्यको मतगणना हुँदैछ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८ सोमबार ००:००  ४ : १२ बजे