८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण



काठमाडौं ।
नेपालमा थप ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १८ हजार ५६२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ५ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ११ बजे