२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

नेपाललाई विघटन गर्ने राजेन्द्र महतोको मुक्ति आन्दोलन स्वीकार्य हुन सक्दैन : वामदेव गौतम



काठमाडौं ।
नेकपा एमालेका नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आन्दोलन नेपाललाई विखण्डन भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन नहुने बताए ।

‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीले महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको बताए । शक्रवार महतोलेसँगको अन्तवार्तामा अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गरिरहेको बताएका थिए । ​

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  ३ : ५१ बजे