२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

कालोबजारी गर्ने औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना



बाँके ।

नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकको इशा मेडिकल हलले २ हजार २ सय परेको अक्सिमिटर तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो।

खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानुनी व्यवस्था छ। अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही २० हजारका दरले जरिवाना गरेको थियो। रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ३ : ३२ बजे