३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

भारतमा चट्याङका कारण एकै दिन २३ जनाको मृत्यु



काठमाडौं ।
भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो। साथै धेरै व्यक्ति घाइते भएका छन्।

सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ४५ बजे