२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य पाण्डेको शपथ आज



काठमाडौं ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

बुधबार बिहान ११ बजे पाण्डेको शपथ ग्रहण कार्यक्रम रहेको छ। गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी भएका थिए।

राष्ट्रिय सभाका लागि लुम्बिनी प्रदेशबाट अन्य समूहअन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका हुन्।

लुम्बिनी प्रदेश सभामा तत्कालिन समय एमालेबाट निर्वाचित भएका पाण्डेले सांसद पदबाट राजिनामा दिएर राष्ट्रिय सभा सदस्य बनेका हुन् । उनी कपिलवस्तुको महाराजगञ्ज निवासी हुन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ७ : २९ बजे