२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

अब नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने



काठमाडौं ।

नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्। नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो।

१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ। त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ।
आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ।

वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अकको बोनस जोडिने दूतावासले जनाएको छ।
आवेदनको लागि http:/joinindianarmy.nic.in  मा गएर भर्न सकिन्छ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ११ : ०१ बजे