२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

पहिरोले डोजर पुर्दा दुईजना बेपत्ता



धादिङ ।

उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन्।
धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिरोले पुरेर मान्छे बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोककाराजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ। रासस

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  १ : ०० बजे