२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

ज्वाला संग्रौला समूहलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं ।

​सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

उनले भने, ‘थप अब अनुसन्धान गर्छौ।’ कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेका थियो। उनीहरुले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको आरोप पनि लागेको छ।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ५ : ४० बजे