२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

लुम्बिनी प्रदेशका उपेन्द्र यादव पक्षीय सांसदलाई महन्थ ठाकुरको २४ घण्टे स्पष्टीकरण



काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष ठाकुरको तर्फबाट कार्यकारिणी सदस्य केशव झाले एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण साधिएको उल्लेख गरेका छन् ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलमा ६ जना सदस्य रहेकोमा संसदीय दलले ह्वीप जारी गर्ने गरी गरेको निर्णय विपरित ह्वीप उल्लघंन गर्ने सहसराम यादव र पुरमति ढेंगामगरलाई कारवाही गर्न प्रदेश संसदीय दलका सचेतक कल्पना पाण्डेले पत्राचार गरी जानकारी गराए अनुसार उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार २४ घण्टे स्पष्टीकरण सोधिएको उल्लेख गरिएको छ ।

दुई जनालाई कारवाहीको प्रकृया अगाडि बढिरहेमा अनाधिकृत व्यक्तिको नामबाट सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई यादव पक्षले पाँच दिने स्पष्टीकरण सोधिएको प्रति पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यादव पक्षले सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई स्पष्टिकरण सोधेपछि ठाकुर पक्षले पनि कारबाहीको डण्डा चलाएको हो ।

प्रकाशित मिति : ८ असार २०७८ मंगलबार ००:००  ३ : २६ बजे