७ असार २०८३, आइतबार | Sun Jun 21 2026

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार गरी तीनजनाको हत्या



एजेन्सी ।

जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरि तीनजनाको हत्या गरेका छन्। स्थानीय अधिकारीका अनुसार अरु केही मानिस घाइते भएका छन्। जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेतिर घटना भएको हो।

ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ। २४ वर्षका उनको गोडामा गोली प्रहार गरि प्रहरीले नियन्त्रणमा लिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी आक्रामक र मानसिक रुपमा अस्थिर रहेको तथा हालै मात्र उनले मनोसामाजिक उपचार गराएको खुलेको प्रहरीको भनाई छ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ११ : १९ बजे