२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ शीराबाट एकीकृत गरौंः माधवकुमार नेपाल



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शीराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा सन्देश जारी गर्दै नेता नेपालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वास पार्टी सिद्धान्त विपरीत संविधान र लोकतन्त्रको विरुद्धमा प्रयोग हुनु दुःखद रहेको बताएका छन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुस्खद अवस्था हो ।’

‘अतस् विद्यमान वैचारिक राजनैतिक-सांस्कृतिक-आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुनस् जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु’, नेता नेपालले भनेका छन् ।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ८ : २८ बजे