८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन



हेटौंडा ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन भएको छ। जातीय भेदभाव तथा छुवाछुत मुद्दाका अभियुक्तलाई छुटाउन मन्त्री श्रेष्ठ आफैं पुगेको भन्दै विरोध प्रदर्शन गरेका हुन्ए।

मकवानपुरमा क्रियाशील दलित अधिकारवादी संघ संस्थाहरुले शिक्षा मन्त्रीलाई पदबाट बर्खास्त गर्नुपर्ने र रुपा सुनारलाई न्याय दिनुपर्ने लगायतका माग गरेका छन्। मंगलबार बिहान हेटौंडाको बुद्वचोकमा भएको विरोध प्रदर्शनमा भएको थियो। उनीहरुले देशभर दलितमाथि भएको दुर्व्यवहार अन्त्य गर्दै दलितलाई क्षतिपुर्ति स्वरुप दिएको आरक्षण कायम गर्न पनि माग गरेका छन्।

दलित भएकै कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा थुनामा रहेकी काठमाडौंकी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले सरकारी गाडीमा लगेपछि विरोध भइरहेको छ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  १२ : १७ बजे