६ असार २०८३, शनिबार | Sat Jun 20 2026

विष्णु पौडेल कोटेश्वर पुगे माधव नेपाललाई भेट्न



काठमाडौं ।
नेकपा एमालेको विवाद मिलाउने प्रयासमा रहेका दोस्रो तहका नेता अझै सक्रिय बनेका छन्।

आज विहान उपप्रधानमन्त्री विष्णु पौडेलसहितका संस्थापन पक्षका नेता वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन्। उनीहरुबीचको छलफल जारी रहेको बताइएको छ।

पार्टी बिवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल कोटेश्वर पुगेका हुन्।

गत शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिन दुई दिनको अल्टिमेटम दिएका छन्। सो अल्टिमेटम भोलि सकिँदै छ। हस्ताक्षर फिर्ता नलिए एमाले सग्लो नरहने अध्यक्ष ओलीले बताउँदै आएका छन्।

एमालेको माधव नेपाल समूह भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडानमा रहेको छ।

प्रकाशित मिति : २० असार २०७८ आइतबार ००:००  ११ : ४१ बजे