२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

निस्दी गाउँपालिकाका वडाध्यक्ष सुनारीको निधन



पाल्पा ।
निस्दी गाउँपालिका–४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति निधन भएको छ। ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ निधन भएको नेकपा एमाले गाउँपालिका संयोजक हेमबादुर खाम्चाले जानकारी दिए।

सुनारीलाई कलेजोमा समस्या थियो। केही महिनादेखि औषधि सेवन गर्दै आएका उनलाई बिमारले च्यापेपछि गत सोमबार बिहान ८ बजे उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। एमालेको आयोजनामा हुने श्रद्धाञ्जली सभापछि सुनारीको रामपुस्थित परेवाघाटमा आजै अन्त्येष्टि गरिने खाम्चाले बताए। सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन्।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  २ : ५६ बजे