६ असार २०८३, शनिबार | Sun Jun 21 2026

क्षयरोगबाट हरेक वर्ष सात हजारको मृत्यु



भक्तपुर, माघ ६ ।
नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ ।
क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्क्बिहीन रहेको केन्द्रका निर्देशक डा. केदार नरसिङ्ग केसीले बताउनुभएको हो ।
उहाँका अनुसार हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा बर्से्नि ५ देखि ७ हजार बिरामीको ज्यान जाने गरेको छ । नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमणको जोखिम रहेको केन्द्रको भनाई छ ।

प्रकाशित मिति : ६ माघ २०७४ शनिबार ००:००  ९ : ५५ बजे