८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

होटलको भवन भत्किँदा चीनमा १७ जनाको मृत्यु



एजेन्सी ।

चीनको सुझोउ शहरमा रहेको होटल भत्किँदा १७ जनाको ज्यान गएको छ। चीनको पूर्व शहर सुझोउमा होटलको भवन भत्किएको ३६ घण्टापछि २३ जनालाई खोजी तथा उद्धार टोलीले निकालेको हो।

त्यसमध्ये ६ जना जीवित रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भवनको निर्माणमै गम्भीर कमजोरी रहेका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको ग्लोबल टाइम्सले जनाएको छ।

पछिल्ला वर्षहरुमा भवनको जिर्णोद्धार हुँदै आएको थियो। सुरुमा तीन तला मात्रै रहेको भवनमा पछि तलाहरु थप्दै लगिएको स्थानीय बासिन्दाले रेड स्टार न्यूजलाई जनाएका छन्।

स्थानीय समय अनुसार सोमबार दिउँसो साढे ३ बजे भवन भत्किएको थियो। उद्धार तथा खोजीका लागि ६०० भन्दा बढि उद्धारकर्मी खटाइएको थियो। ५४ वटा कोठा रहेको होटलमा भत्किने बेला १८ जना मात्रै रहेको ठानिएको थियो। तर पाँचजना पाहुना भने दर्ता बिना नै होटलमा पसेको पछि थाहा भएको हो।

प्रकाशित मिति : ३० असार २०७८ बुधबार ००:००  ११ : ४६ बजे