६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

शुक्रबार सबै सांसदहरूको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने



काठमाडौं ।
संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो।

संसद् सचिवालयको शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले एक सूचना जारी गर्दै शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गर्न लागिएको बताएका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्नेसमेत बताइएको छ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर साउन तीन गते ५ बजेभित्र बैठक राख्न आदेश दिएपछि सांसदहरूको कोरोना परीक्षण गर्न लागिएको हो। सरकारले मन्त्रिपरिषद्को बैठक राखेर राष्ट्रपतिलाई बैठक राख्ने सिफारिस गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : ३१ असार २०७८ बिहिबार ००:००  २ : १४ बजे