१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने



गुल्मी ।

गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने भएका छन् । कोभिडको दोस्रो लहरको संक्रमणको सर्तकता अपनाउन चलेको निषेधाज्ञाले गर्दा साउन भर लाग्ने मेलाका बिशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि दैनिक पुजा संञ्चालन भने यथावत रुपमा सञ्चालन हुने समितिले जनाएको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । अघिल्ला वर्षहरुमा साउन भर संञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दथ्यो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

प्रकाशित मिति : १ श्रावण २०७८ शुक्रबार ००:००  १ : १० बजे