नेपालगञ्ज ।
लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ।
तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्।
कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले असार सकिँदा ८५ प्रतिशत रोपाइँ भएको जानकारी दिए। उनले लामो समयदेखि पानी नपर्दा कृषिमा नराम्रो असर परेको बताए।
‘यसपालि असारको सुरुमै राम्रो पानी परेको थियो। किसानले बिउ राख्न र रोप्नसमेत पाए। त्यसपछि पानी पर्न रोकियो,’ ढकालले भने, अहिले खेत सुकिसकेको छ। धान मर्न थालेका छन्।’
बाँकेमा केही दिनभित्रै पानी परेन भने ठूलो भूभागमा लगाइएको धान सुक्ने अवस्था आएको छ। त्यसमा १५ प्रतिशत रोपाइँ हुन बाँकी छ।
कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले रोपेको धानमा गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने बताए। बाँकेमा प्रतिहेक्टरमा ४।३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ।
बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्छ। सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले त्यस भेगका किसानले पानी पाएका छन्।
अझै सबै ठाउँमा पानी पुग्ने गरी छाडिएको छैन। सिक्टा नहर पूर्णरूपमा सञ्चालन हुँदा बाँकेको ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा किसान बताउँछन्।













प्रतिक्रिया