४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ



काठमाण्डौ ।

झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको ४० लाख ३७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको पैसाको स्रोत नखुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ६ : २२ बजे