४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

जङ्गली च्याउ खाँदा बाबु छोराको ज्यान गयो



इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको ज्यान गएको छ। ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ७ : ३९ बजे