४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु



दाङ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले भण्डारी कति बजे दुर्घटनामा परेका भन्नेबारे थाहा हुन नसकेको जानकारी दिए।

बिहान स्थानीयहरूले खाडलमा दुर्घटनाग्रस्त मोटरसाइकल र मानिस देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकको शव पोस्टमार्टम गर्न अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  १२ : ४३ बजे