७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

पूर्व माओवादी नेताहरुको रिटको सुनुवाई न्यायाधीश कार्कीको इजलासमा



काठमाडौँ ।

सांसद पदमा पुनर्बाहलीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको सुनुवाई न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा हुने भएको छ। पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग राख्दै बुधबार सर्वोच्च अदालतमा अलग–अलग रिट दायर गरेका थिए। उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो। आफूहरु एमालेमा प्रवेश नगरेकोले माओवादी केन्द्रमै रहेको उनीहरुको जिकिर छ। एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि यी चारैजना नेताहरु पद छाड्ने तर ओलीको साथ नछाड्ने भन्दै एमालेतिर लागेका थिए। तर माओवादी केन्द्र त्यागेको भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेको तीन महिनापछि उनीहरु पुनर्बहालीको माग राखेर सर्वोच्च गएका हुन्।

प्रकाशित मिति : १४ श्रावण २०७८ बिहिबार ००:००  ४ : १६ बजे