१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव पनि सहभागी



काठमाडौं ।
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

हिजोको लागि बोलाइएको बैठक पार्टी एकताको पहलका लागि भन्दै विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् ।

आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ३ : ५५ बजे