१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा १३ वर्षीया छोरी करणी गरेको अभियोगमा बाबु पक्राउ



अर्घाखाँची ।
१३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । अर्घाखाँचीको पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ४ : ०२ बजे