७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

तलबभत्ता नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्। पारिश्रमिक, आवासलगायत सुविधा नलिने सोमबार पत्रकार सम्मेलन गरेर उनले बताए। तर सुरक्षाकर्मी भने लिने उनको भनाइ छ। नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए।

श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन्। उनले आफू राज्यमन्त्री रहुन्जेल ती संघसंस्थाबाट अलग हुने पनि बताए। राज्यमन्त्री श्रेष्ठले एक सय दिनको कार्ययोजनासमेत अगाडि सारेका छन्।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  १२ : ४५ बजे