कपिलवस्तु ।कपिलवस्तुमा अविरल वर्षाका कारण छाप्रो भत्किँदा एक जनाको मृत्यु भएको छ। विजयनगर गाउँपालिका–३ जगदीशपुरमा आफूले सञ्चालन गर्दै आएको चिया पसलमा सुतिरहेको अवस्थामा ६० वर्षीय दुर्गा प्रसाद काफ्लेको छाप्रोले पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, घटना सोमबार बिहान करिब ५ बजेतिर भएको हो। प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले रातभरिको अविरल वर्षाले कच्ची…