२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

आज देशभरको मौसम सफा रहने

काठमाडौँ ।  हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।