काठमाडौं, ७ मंसिर । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो । जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले सीता–राम विवाह महोत्सव मनाउँदै आएका छन् ।…