२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

गौतमबुद्ध रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताउनुभएको छ । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताउनुभएको हो । आज आइतवार हामीसँग भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड…