दाङ । दाङका एक यातायात व्यवसायीले २० वर्षपछि न्याय पाएका छन्।तत्काललीन राप्ती बस सार्वजनिक व्यवसायी समिति केन्द्रीय कार्यालय तुलसीपुर दाङ र हालको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका संरक्षक रहेका घोराही उपमहानगरपालिका वडा नम्बर ४ का भरतनाथ योगीका बसहरू २०५८ मा नेपाली सेनाले नियन्त्रणमा लिएको थियो। माओवादीले २०५८ मंसिर ८ गते घोराहीस्थित नेपाली सेनाको रिपुमर्दन गणमा आक्रमण…