काठमाण्डौ । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गर्नुभएको छ । विवादका बीच उहाँले आज मङ्गलवार सामान्य प्रक्रिया अपनाएर विवाह गर्दै राजदरबारबाट बाहिरिनुभएको छ । त्यसअघि उहाँले आफ्ना बुबा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर बिदाइ अभिवादन गर्नुभएको थियो भने आफ्नी बहिनीलाई अँगालो हाल्नुभएको थियो ।जापानको शाही परिवारसम्बन्धी नियमअनुसार उहाँले सर्वसाधारणसँग बिहे गरेसँगै उहाँको…