काठमाण्डौ । अबको केही दिन मनसुन निस्क्रिय रहने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिने सङ्केत देखिएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज भने पश्चिम तराईका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । काठमाण्डौसहित देशका अरु ठाउँमा भने…