सुर्खेत ।वीरेन्द्रनगरको जुम्लारोडको पिपिराचोकमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सुब्बाकुनाबाट सुर्खेत बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्बरको ट्रयाक्टरलाई सोही दिशाबाट आइरहेको लु१ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो। सहचालक भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयकाअनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्रयाक्टरको ट्रलीले…