काठमाडौँ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।…