एजेन्सी । लामो समयदेखि लिबियामा हिंसात्मक घटना जारी छ । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले बिहीबार जानकारी दिएको छ…