पेरिस । फ्रान्सको राजधानी पेरिसमा रहेको ऐतिहासिक महत्वको नोट्रे डाम क्याथेड्रल (गिर्जाघर) मा भिषण आगलागी भएको छ । सोमबार (नेपाली समयअनुसार गएराति) भएको सो आगलागीबाट छानो खसेको छ । तर, भवनको मुख्य संरचना र दुईवटा बेल टावर भने जोगिएको अधिकारीहरुले बताएका छन् । सो भवन ८५० वर्ष पुरानो हो । जुन निकै नै कलात्मक मानिन्थ्यो…