चितवन, २५ कात्तिक । नारायणगढ–मुग्लिङ सडकखण्ड शनिबार सात घण्टा बन्द हुने भएको छ । चितवनको सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन सात घण्टा बाटो बन्द गर्न लागिएको नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म गाडीको आवतजावत रोकेरै ढुंगा पन्छाउने काम गरिने आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताउनुभयो । उहाँले बाटो अवरुद्ध हुने…