२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

लुम्बिनीमा गिरीले दिइन् कांग्रेस सचेतकबाट राजीनामा

बुटवल ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् । गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेर राजीनामा दिएकी छन् । स्रोतका अनुसार प्रदेश मन्त्रिपरिषद गठनमा पार्टीबाट महिलालाई स्थान नदिएकोमा उनी असन्तुष्ट थिइन् ।…